भेटाएको ५ लाख रिंगेट फिर्ता गर्ने शेर्पा सम्मानित

सबिन लोप्चन
मलेसिया ः मलेसियामा काम गर्ने ठाउँमा आरएम ५ लाख भेटाएर फिर्ता गर्ने नेपाली सेक्यूरिटिगार्ड दावा शेर्पा सम्मानित भएका छन् ।
मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसियार शेर्पा सघ मलेसियाद्वारा सम्माम गरिएको हो ।
सोलुखुम्बु जिल्ला, दुधपोखरी नगरपालिका -१० स्थायी घर भई मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनी मा कार्यरत शेर्पाले मिति २० मार्च २०२४ को विहान एट्रीया समिप्ङ कम्प्लेक्स महल दमन्सरामा ड्युटीको क्रममा भेटिएको आर एम ५८७५१६ रिंगेट सहितको पैसाको झोला इमानदारीपूर्वक आफु कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको कारण बिदेशी भुमिमा नेपाल र नेपालीको शिर उच्च बनाएकोले नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको दूतावासका एक अधिकारीले जानकारी गराएको थियो ।
यस अघि शेर्पा संघ मलेसियाले दावा शेर्पालाई सम्मान गर्दै अरु नेपालीहरुले पनि विदेशमा यस्तै किसिमको इमान्दारीयता कायम राख्नुपर्ने पाठ सिकाएकोका धन्यवाद सहित सम्मान गरेको थियो ।
दूतावासले शेर्पा कार्यरत कम्पनीको सञ्चालक र शेर्पालाई दूतावासमा नै निमन्त्रणा गरेर नेपाली राजदुतावास मलेसियामलेसिया परिवारको बिच भेटघाट गरि शेर्पा लाई मिति २६ मार्छ २०२४ मा ईमान्दारीताको कदर गर्दै सम्मान गरेको पनि दूतावास स्रोतले जानकारी गराए ।