![](http://himaltimes.com/wp-content/uploads/2020/03/cow_meat_KAfyZ5UGgo-300x200.jpg)
झापा । जिल्लाको मेचीनगर नगरपालिका -५ काे तामाङ टाेलबाट गाेरुकाे मासु सहित दुईजना पक्राउ परेका छन । घरमै गोरु काटेर मासु बिक्री गर्ने वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुकाे मासुसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङदेम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा २८ किलो मासुसहित उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरु दुवै जनालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।