![](http://himaltimes.com/wp-content/uploads/2020/04/FB_IMG_1587567100747.jpg)
काठमाडौ । कुवेतमा काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे ।
हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३ जनाले ज्यान गुमाएका छन । कुवेतमा ४४३ जनाले अहिलेसम्म स्वास्थ्य लाभ गरेका छन ।
अहिले कुवेतमा १ हजार ७९२ जनामा संक्रिय संक्रमण रहेकाे छ। त्यहाँ आप्रवासीमध्ये सबैभन्दा धेरै भारतीय नागरिकमा काेराेना संक्रमण रहेकाे छ ।