![](http://himaltimes.com/wp-content/uploads/2020/04/Screenshot_2020-04-21-16-49-30-45.jpg)
वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हो ।
तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
याे सगैं नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५७ पुगेकाे छ भने १६ जनाले स्वास्थ्य लाभ गरेका छन ।