![](http://himaltimes.com/wp-content/uploads/2020/04/Screenshot_2020-04-21-16-49-30-45.jpg)
काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६० जना नेपालीको मृत्यु भैसकेको छ ।
बेलायतमा ५० जना पुरुष र १० जना महिला गरि हालसम्म ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले उल्लेख गरेकाे छ ।
दुतावास तथा एनआरएन वेलायतका अनुसार सबैभन्दा बढी मृत्यु भूपु गाेरखा सैनिकको रहेकाे छ । करिब ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे हाे ।