काेराेना प्रकाेप : मलेसिया सुधार उन्मुख

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा सुधार उन्मुख रहेको देखिन्छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९८९४ जनामा संक्रमण रहेकाेमा ५ हजार ५७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख १३ हजार ४९८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४७ लाख ३६ हजार ६३ जनामा संक्रमण रहेकाे छ । १८ लाख १८ हजार ९१० जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ६० जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने ८ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।

नेपालमा अहिलेसम्म १ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३६ जना डिस्चार्ज भएका छन ।