![](http://himaltimes.com/wp-content/uploads/2020/06/Screenshot_2020-06-06-20-02-15-78.jpg)
लघुकथा: झटारो
गङ्गा आचार्य सापकोटा
बिहे पश्चात् नम्रताको संघर्षका दिन शुरू भए। माइतीघरमा आफ्नो मनोभाव अरूले बुझेर व्यवहार गरिदिन्थे। घरमा भने अरूको मनोभाव बुझेर आफूले काम गर्नुपर्ने हुँदोरहेछ ।
यसै शिलशिलामा नम्रताबाट त्रुटि पनि हुने गर्थ्यो। जसलाई घर परिवारले पहाड बनाइदिन्थे। गाली गर्थे। अनेकौं आक्षेप लगाउँथे। उक्त व्यवहार असह्य भएपनि नम्रता बिचलित थिइनन्।उमंग उत्साहसाथ कर्तव्यमा खटिरहन्थिन्। उनलाई परिवारले गर्ने व्यवहार र उनको घरप्रतिको समर्पण बारे छिमेकीहरू पनि जानकार थिए। एकदिन एक छिमेकीले नम्रतालाई भनिन्।“यस्तो घरमा तिमी कसरी बस्छ्यौ!´´
नम्रताले मुस्कुराउँदै भनिन्।“ आफ्नो श्रीमानको व्यवहार सुमधुर छ भने अरूको झटारोले केही हुनेवाला छैन।´´