![](http://himaltimes.com/wp-content/uploads/2020/06/IMG_20200608_202139.jpg)
लघुकथा :-“जडयाहाको स्वास्नी “
बि.बि.याक्खा
राम्रो कुल घरानाको पढेलेखेको
केटो भनेर सरलाको बिहे सानैमा गरिदिए। खानलाउन दुख भने थिएन। दिनहरु बित्दैजाँदा सरलाको श्रीमान हरिभक्त
अधिक मात्रमा पिउन थाले ।प्रायः नसाको सुरमा घर पुग्ने गर्थे। सरला चिन्तित हुन थालिन् ।
तैपनि जसोतसो माईतिले हात सुम्पेको कुलघरानमा सहेर नै बसेकी थिइन् उनी । लालाबालाहरु पालनपोषण गर्दै सम्हालीन् उनले ।
हरिभक्त उस्तै मातिएर ढोका ढकढकाउदै बोल्यो :-
ए सरला ढोका खोल भनेको सुनेनौ? कति बेर लगाकी हँ ?
सरलाले ढोका खोलेपछि एकतमासले हेर्दै हरिभक्तले सोध्यो :-
ए किन नबोलेकी के भो हँ !फ़ेरि यो के हुलिया हो नि तिम्रो ?
सरलाले रुदै जवाफ फर्काईनन् :- देख्यौ हैन! यो सब तिम्रै कारणले गर्दा भएको हो ।कहिले लालाबाला घरको बारेमा सोच्यौ? आज म माथी ठूलो अपमान र दुर्व्यवहार भयो। रुदै उनले भनिन् ।
उसले झोक्किदै बोल्यो हरिभक्त :- को हो तिनीहरु, म अहिले गएर ठिक गर्छु?
सरलाले चर्को आवाजमा भनिन् :- क- कसलाई ठिक पार्छौ? कति जनालाई ठिक पार्छौ। सबैले नै
मलाई जड्याहाको स्वास्नी भन्न थाले । मलाई देख्ने बित्तिकै सबैले नाक खुम्च्याउन थाले।
यो सुनेर हरिभक्तको सबै नसा एकपटक मै उत्रियो अनि यसपछि माफी
माग्दै बोल्यो :- सरला माफ गर । अबदेखि तिमिलाई जड्याहाकी श्रीमती होइन सुब्बा
हरिभक्तकी श्रीमती सरला देवी भनेछन्। पिर नलेउ अब!
निकै दिन देखि श्रीमान सुध्रीएको देखेर मनमनै खुशी हुदै सोचिन् – कहिलेकाहीँ त अभिनयले पनि काम गर्दो रहेछ।