
काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ ।
कार्यकारि अधिकृतको लागि अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख ।
तत्कालिन सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर भएसँगै बोर्डको सिईओको पद रिक्त रहेको छ ।
 
                











