![](http://himaltimes.com/wp-content/uploads/2020/07/IMG_20200713_190957.jpg)
लघुकथा : असमान
हरि गोबिन्द भोमी
एउटी लोहार्नी ज्यासलमा उत्पादन गरेका सामानहरु बेच्न गाउँ तिर लागीन्। तर एउटा पनि सामान नबिक्दा उनलाई
न्यास्रो लाग्यो । उनको खिन्न अबस्था देखेर एक जना ब्राह्मणले
उनलाई सल्लाह दिए। तेरो सामान गाउँमा कल्ले किन्छ र? बरु
जाउ न सहर तिर , त्यतातिर भए तुरुन्तै बिक्छ।
ब्राह्मणको सुझाव उनलाई निको लागेन।उनी जङ्गिई।के हामीले
बनाएको (छोएको ) सामान किन्नु हुन्न र? तपैंहरुले हामीलाई
अझै भेदभाव गर्ने .खोजेको ..?
केहिदिन पछि ।लोहार्नी पानी लिन धारातिर गइन्। उनलेे त्यहाँ
दमाईकी छोरीले धारा खोलेको देखीन् । धत्तेरी कि! ए मोरी !!
तैंले किन धारामा छोइस् हँ ?उनलेे तिनलाई हप्काई।
त्यहिबेला ब्राह्मण टुप्लुक्क त्यहाँ अाई पुगे।र पानी भरिएको
बोटल लिएर उसले घटघट पानी पिए। तर लोहार्नी फरक्क फर्केर पानी लिन अन्यत्र गई।