मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र उक्त समाज मातहतका क्षेत्रिय समितिले संयुक्त रुपमा सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजको मलेसिया स्थित गठित संगठनहरु केन्द्रीय र क्षेत्रिय समितिहरुबाट सयुक्त रुपमा ७८ हजार ३ सय ९९ नेपाली रुपैंया रकम राहत कोषमा जम्मा गरेको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामीले जानकारी दिए ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरु, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य , शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि समाजले आपतकालीन राहत कोष स्थापना गरेको समाजका अन्तर्राष्ट्रिय समितिका दक्षिण एसिया संयोजक एव प्रचार बिभाग प्रमुख दिनेश खड्का खप्तडीले जानकारी दिए ।
त्यस्तै जोहरबारु क्षेत्रीय समितिका अध्यक्ष राज बहादुर साउदका अनुसार केन्द्रिय समिति मलेसिया ले २३ हजार ६ सय ४ रुपैया, जोहोरबारु क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५, मल्लका क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५ र पेनाङ क्षेत्रिय समिति मलेसिया ले १८ हजार २ सय ६५ रुपैया सहयोग रकम उपलब्ध गराएकाे हो ।
साथै सहयोग गर्न चाहानेहरुले सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढी स्थित एभरेष्ट बैंक शाखामा रहेको आधिकारिक खाता नंबर नम्बर ०११००१०५२००७७१ मा रकम जम्मा गर्न अन्तर्राष्ट्रिय समिति सदस्य टेक बुढा अपिल गरेका छन् ।