अमिर लोप्चनको पहलमा मृगौला पीडित पुर्णबाहदुरलाई १ लाख १ हजार सहयोग

everest kitchen

काठमाडौं । दुबै मृगौला फेल भएका  मकवानपुर जिल्ला बैकया गाउँपालिका वडा न :- ८ दमनगर स्थायी घर भएका  ५३ वर्षीया पुर्ण बाहदुर वाईबालाई  गायक तथा समाजसेवी  अमिर लोप्चनको पहलमा पीडित लाई आर्थिक सहयोग गरिएको छ ।

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत पुर्ण बहादुरको आर्थिक स्थिति कम्जोर भएको कारणले मलेसियामा वस्ने नेपालीहरु माझ आर्थिक संकलन गरि सहयोग गरिएको लोप्चनले जानकारी दिए  ।

Add
advertise

लोप्चनका अनुसार मलेसिया बाट आरएम ३,६१५ नेपाली रु. १०१०२८ ( एक लाख एक हजार अठ्ठाईस रुपैयाँ )  पीडित पुर्ण बहादुरको श्रीमती रमजना वाईबा को नाममा पठाईएको हो ।