![](http://himaltimes.com/wp-content/uploads/2020/05/Morgue-feet-toe-dead-death-body.jpg)
काठमाडौं । देशका विभिन्न तीन स्थानमा तीन जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् ।
जस अनुसार बैतडीको पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत साउन २६ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा शव फेला परेको हो ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
त्यस्तै कैलालीको भजनी नगरपालिका-३ दैलेखी टोलस्थित सडक छेउमा सोही स्थान बस्ने २४ वर्षीय सागर कुमार कडायत शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै जाजरकोटको कुशे गाउँपालिका-१ तारेचौरस्थित सैयाखोलाको ढुंङ्गामा अड्किएको अवस्थामा सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रेम परियारको शव शनिबार फेला परेको छ ।
यी घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।