
एजेन्सी । डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले कोरोनाभाइरस विरुद्धको खोप आए पनि करिब २० लाख मानिसको मृत्यु हुने बताएको छ । खोप आएपनि खोपको प्रभावकारीता मा केही समय लाग्ने उनले बताए।
विश्वव्यापी रूपमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको भन्दै संगठनले सो कुरा बताएका हुन । खोप पत्ता लागे पनि त्यसको प्रभावकारी प्रयोग हुनु पहिला नै २० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च रहेको चेतावनी दिएको छ।
डा.माइक रयानले अन्तर्राष्ट्रियस्तरमा नै खास अभियान नचलाए यो संख्या अझ बढ्ने बताएका छन्। चीनमा गत वर्षको अन्त्यमा कोभिड–१९ देखिए यता करीब १० लाख मानिसको मृत्यु भइसकेको छ । विश्वमा संक्रमण दर निरन्तर बढिरहेको र अहिले तीन करोड २० लाख उपचाररत संक्रमित रहेको बीबीसीले जनाएको छ ।
                










