मलेसियामा आजबाट पूर्ण मात्रामा खोप लगाएकाले अन्तरराज्य भ्रमण गर्न पाउने

everest kitchen

एजेन्सी । मलेसियाले अन्तरराज्य भ्रमणको अनुमति दिने भएको छ । कोभिड -१९ बाट थाला परेको मलेसियाले जारी आवागमन नियन्त्रण आदेशलाई केही हदसम्म सहज बनाउन एक राज्यबाट अर्को राज्यको लागि हिडडुलको अनुमति दिन लागेको हो ।

मलेसियाली प्रधानमन्त्री दातुक सेरी स्माइल साब्री याकोबले
सोमबार स्थानीय सञ्चारमाध्यमसंगको पत्रकार सम्मेलनका क्रममा कोभिड-१९ बिरुद्धको पुर्ण खोप लगाएका व्यक्तिहरुले एक राज्यबाट अर्को राज्यमा सहजै यात्रा गर्न पाउने घोषणा गरेका हुन ।

यद्यपि आवागमन नियन्त्रण आदेश जारी भएका राज्य, क्षेत्र तथा स्थानहरुमा भने भ्रमण नगर्न भनिएको छ । मलेसिया सरकारले हाल पनि साबाह, पेराक लगायतका अति जोखिमयुक्त राज्यमा आवागमन नियन्त्रण आदेश जारी गरिएको छ ।

प्रधानमन्त्री साब्रीका अनुसार मलेसियाको स्वास्थ्य मन्त्रालयद्धारा जारी राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मलेसियामा हालसम्म ९० प्रतिशत वयस्क मानिसहरुमा कोभिड-१९ विरुद्धको पुर्ण मात्राको खोप लगाइ सकिएको छ ।

यसअघि नै कोभिड-१९ प्रकोपबाट माथि उठ्न मलेसिया द्रुतगतिमा कोप व्यवस्थापन गरेको थियो भने पुर्ण खोप लगाएका मानिसहरुलाई सोही राज्यमा हिड्डुल गर्न र रेष्टुरेन्टमा बसेर खाना खान अनुमति दिएको थियो ।