प्रदेश नं.१ का प्रदेश प्रमुख परशुराम खापुङद्धारा पदभार ग्रहण

everest kitchen

काठमाडौं । प्रदेश नं. १ का प्रमुख श्री परशुराम खापुङद्वार पदभार ग्रहण गरेका छन् । उनले सोमबार विराटनगरस्थीत प्रमुखको कार्यालयमा पदभार गरेका हुन।

प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए । प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी र उपभामुख सरस्वती पोखरेलले कार्यालयमा भेट गरी स्वागत गरेका थिए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौ वार्षिक प्रतिवेदन पनि आजै प्रमुखलाई बुझाउने काम भएको छ । आयोगको प्रदेश नं. १ का कार्यालय प्रमुखमार्फत प्रतिवेदन हस्तान्तरण भएको हो ।

सोही अवसरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका अध्यक्ष फत्तेजङ खापुङ तथा पदाधिकारी र सदस्यले पनि विमानस्थलमा स्वागत गरेका थिए ।