
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेशको दोश्रो अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडा बजारको रोयल पार्टी प्यालेसमा भएको अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ।
उक्त कार्यक्रम बागमती प्रदेशको अध्यक्ष पेमा लामाको सभापतितब र बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
त्यस्तै कार्यक्रममा बिशेश अतिथिको रुपमा बागमती प्रदेश स्वस्थ मन्त्री निमा लामा , गरिबी निवारण तथा सहकारी मन्त्री बसन्त मानन्धर, भौतिक पुर्वधार राज्य मन्त्री सन्त बहादुर चेपाङ फोनिज संघिय अध्यक्ष दण्ड गुरुङ रहेको थियो भने अतिथिहरुमा फोनिज संघिय बरिस्ठ उपाध्यक्ष गजुर्धन राई, महासचिव मनोज घर्ती मगर, हेटौंडा उपनहानगर पालिका उप मेयर मिना लामा लगायत नेपाल पत्रकार महासंघका प्रतिनिधि, विभिन्न पत्रकार संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रम सुरु हुन अघि कार्यक्रम स्थल बाट बुद्ध चोक सम्म झाँकी सहितकी र्याली गर्दै बुद्ध चोक पुगे भगवान गौतम बुद्धको दर्शन गर्दै कार्यक्रम स्थल तर्फ लागेको थियो । त्यसैगरि कार्यक्रमबाट २ जना सरिता श्रेष्ठ र कृष्ण सारु मगर लाई नगत सहित कदर पत्र प्रदान गरिएको थियो ।
बुद्ध योञ्जन सिन्धुपाल्चोक र अमरध्वज लामा काभ्रेपलान्चोक गरि दुई जना लाई आदिवासी पत्रकार क्षेत्रमा गरेको योगदानको कदर गर्दै नगद सहित सम्मान गरेको थियो।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि मोक्तानले आफ्नो भनाई राख्दै फोनिजले ५९ वटा जातिय पत्रकार लाई समेटन नसकेको देखिएको साथै अब बागमती प्रदेश सरकारले सबै पत्रकार संगठन लाई सम्मान तरिकाले हेर्ने, सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अधिवेशनको बन्द सत्र सुरु भएको र उक्त सत्रबाट नेतृत्व तथा कार्य समिति सर्वसहमती टुंग्याउने प्रायसमा रहेको बताएको छ। अधिवेशनमा करिब २०० जना प्रतिनिधि पर्यवेक्षक हरुको उपस्थिति रहेको छ।
                










