सम्मानजनक रुपमा गठबन्धन नभए माओवादि गठबन्धनबाट बाहिरिन्छ : अध्यक्ष मोक्तन

everest kitchen

मकवानपुर । आउदो बैशाख ३० गते हुने स्थानीय चुनावमा राक्सिराङमा सम्मानजनक ढङ्गबाट गठबन्धन नभए नेकपा माओबादी केन्द्र एक्लै चुनावमा जाने नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष हस्त बहादुर मोक्तानले बताएका छन् ।

मंगलबर वडाका चुनावी प्रचारप्रसार कमाण्डहरुसंग छलफलका क्रम्ममा अध्यक्ष मोक्तानले सो कुरा बताएको हुन । केही दिन अघि नेपाली काङ्ग्रेस , नेकपा (माओबादी केन्द्र) , नेकपा एकीकृत समाजबादी र अन्य गठबन्धन घटक दलहरु बिच राक्सिराङमा गठबन्धन गर्ने सहमती भए पनि गठबन्धन घटकका केही दलले माओवादी विरुद्ध अनावश्यक भ्रम सृजना गरिरहेकाले त्यसको विरुद्धमा लड्ने नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष मोक्तानले बताए ।

२०७४ सालको शक्ति संष्लेषणको आधारमा भागबण्डाको लागी सर्कुलर आए त्यो मान्य नहुने मोक्ताको भनाई छ । गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत उनलेे बताए । पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति पनि अपरिहार्य रहेकोसमेत उनलेे उल्लेख गरे ।

माओवादीले स्थानीय तहको निर्वाचनलाई पार्टिको “फस्ट एसल्ट” मोर्चाको रुपमा लिएको र यो मोर्चामा माओवादी पार्टि सफल हुनैपर्ने भन्दै माओवादी केन्द्रले नजिते सम्म जनताको अबस्थामा सुधार आउन नसक्ने र पार्टिले जित हासिल गरेका सबै स्थानीय तह हरुमा राम्रो काम भएको बताउँदै त्यसबारे जनताले बुझिसकेको मोक्तानले जिकिर गरे ।