को हुन राक्सिराङमा एमाले तर्फबाट अध्यक्षकन उम्मेदवार स्याङ्तान?

everest kitchen

सविन कुमार लोप्चन
हेटौंडा । नेकपा एमाले राक्सिराङ गाउँपालिका अध्यक्ष पदमा बाबू लाल स्याङ्तान आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनलाई एमाले राक्सिराङ गाउँ कमिटिले सर्वसहमत चयन गरेको हो।

३९ बर्षिय स्याङ्तानको पारिवारिक पृष्ठभूमी एमाले नै थियो । २०६२ साल देखि राजनीतिमा निरन्तर लागि रहेको बताउछन् । अहिले स्याङ्तान एमाले मकवानपुर जिल्ला कमिटी सदस्य, राक्सिराङ गाउँ कमिटी पार्टी ईन्चार्ज साथै २०७४ सालमा राक्सिराङ ३ बाट जननिर्वाचित वडा अध्यक्ष पनि भएका थिए ।

वि. स. २०३९ सालमा रक्सिराङ गाउँ पालिका साविक सरिखेत गाबिस लाउतिमा जन्मिएका स्याङ्तान २०५६ सालमा एसएलसी उतिर्ण भइ बिएड सम्म शैक्षिक शिक्षा हासिल गरेका छन् । त्यस्तै २०६६ सालदेखि २०७४ साल सम्म शिक्षक पेसामा संलग्न स्याङ्तान सामाजिक संस्था मितेरी नेपाल मकवानपुर सरिखेतक अध्यक्ष समेत भएका थिए।

त्यस्तै २०७२ सालमा साविक सरिखेत गाविसको गाउँ कमिटी अध्यक्ष समेत बनेका स्याङ्तान शलिन स्वभावको रहेको उनका शुभचिन्तकहरु बताउछन् ।