रुकुमको त्रिवेणीमा अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीगाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
त्रिवेणीको प्रमुख शक्तिकोरुपमा रहेको माओवादी केन्द्रलेे त्रिवेणी -१ को मत गणना गर्दा अग्रता लिएको हो ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ४८१ मत ल्याएका छन् भने काङ्ग्रेसका अमरसिं खड्काले २०४, एमालेका चोपलाल खडकाले १० नेकपा एकीकृत समाजवादीका धनराज खड्काले २ र राप्रपाका डिल्ली बहादुर खड्काले शुन्य मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ४७९ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले २०५ र एमालेकी धनकला बिष्टले १० मत ल्याएकी छन् ।

त्यस्तै वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीले अग्रता लिएका छन । ओली ले ४५७ मत ल्याएका छन । माओवादी केन्द्रका त्रिवेणीका पुर्व उपाध्यक्षसमेत हुन । त्यस्तै माओवादी केन्द्रका लक्ष्मण ओलीले ३६१ मत ल्याएर पछ्याई रेका छन् ।

त्रिवेणी -१ मा १११४ मत खसेकोमा हालसम्म ९२३ मत गणना भईसकेको छ भने २३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।