
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार ,सोही वडामा बसोबास गर्ने राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो ।
स्थानीयहरुले उक्त विवाहलाई नमुना योग्य विवाह भएको बताएका छन । स्थानीयहरु भन्छन्, “गाउँमा धेरै अन्तरजातीय विवाह भएपनि यसरी समाजिक परम्परा अन्तर्गत विवाह गरेको देखिएको छैन ।
इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए ।सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै समाजमा कोहि सानो जात र ठूलो जात हुदैन, सबै समान हो भन्ने उदाहरण दिनको निम्ति पनि हामिले बाजागाजा र जन्ती भोज सहित सबैलाइ देखाएर बिबाह गरेको भन्दै आफू र आफ्नो परिवार अत्यन्तै खुशी भएको तामाङले बताए ।
३० बर्षे तामाङ वैदेशिक रोजगार सिलसिलामा मलेसिया लाई कर्म थलो बनाउदै आएको थियो भने तामा वैदेशिक रोजगारबाट भरखरै नेपाल फर्केका हुन भने २७ बर्षे मिजार गाउमै सिलाइ कटाइको ब्यबसाय गर्दै आएकी थिइन । त्यस्तै तामाङ ज्वाइँ पाएकोमा आफू खुशी भएको र सम्धी सम्धिनी पनि खुशी भएको दुलहीकि आमा बिन्दा मिजारले बताइन ।
२० दिन अगाडि सामाजिक परम्परा अनुसार टिकाटालो गरि केटा पक्षले आफ्नो घरमा बौद्ध परम्परा अनुसार बिबाह गर्ने र यता केटि पक्षले हिन्दु परम्परा अन्तरगत बिबाह भएको दुलहिकी दिदी गिता मिजारले बताइन ।जात मात्रै होइन धर्म पनि फरक भएका यी जोडिको बिबाहले समाजमा समानताको सन्देश दिएको बिबाहमा उपस्थित निम्तालुहरुको भनाइ थियो ।
                










