 काठमाडौं । विदेशमा अलपत्र नेपालीहरुको पुनःस्थापनाको लागि सारथि बनिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्धारा सञ्चालित पुरुष आवास गृहलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले अनुगमन गरेको छ ।
काठमाडौं । विदेशमा अलपत्र नेपालीहरुको पुनःस्थापनाको लागि सारथि बनिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्धारा सञ्चालित पुरुष आवास गृहलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले अनुगमन गरेको छ ।
वैदेशिक रोजगारी क्रममा विभिन्न कारण पीडित बन्न पुगेका नेपालीलाई पुनःस्थापना तथा आवासीय सरण दिईरहेको उक्त आवासीयगृहमा मानब बेचबिखन अनुसन्धान ब्युरोले अनुगमन गरेको हो । सोमबार मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दान बहादुर मल्ल सहितको पाँच जनाको टोलिले आवासगृहमा अनुगमन तथा अन्तरक्रिया गरेको संस्थाले जनाएको छ ।
काठमाण्डौको टोखा धापासी हाईट स्थित पुरुष आवास गृहमा टोलीले अनुगमन तथा मानब बेचबिखन संग सम्बन्धित प्रभावितहरुसंग अन्तरक्रिया गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको थियो।
उक्त आवासगृहमा भिजिट भिषामा विदेश पुर्याई अलपत्र परेर फर्किएका तीन जना पीडित नेपालीसहित पाँच जनाले सरण लिईरहेका छन ।
 
                










