झ्यालको पर्दा – बिबेक गौतम

everest kitchen

लघुकथा : झ्यालको पर्दा

बिबेक गौतम
सबै झ्यालमा पर्दा राखियो । घुलो मैलो बाट बच्न,चोरी चकारीको आँखावाट बच्न, चिसो,तातो,घाम छेक्न, कोठाको शोभायमान बढाउन ।

दुई तलाको सानो घर छ । आज आफ्नै घरमा सरियो । झ्याल छवटा छन्। शिशाका झयाल, त्यसमा पर्दा विना कोठामा बस्नै नसकिने । त्यसै माथि पूर्व र पश्चिममा फर्किएका झ्याल ।

गर्मियाममा चर्को घामले पर्दा विना बस्नै नसकिने तर जाडो याममा भने पर्दा खोल्दा निकै न्याना कोठा । वाटो नेरको घर गाडीको धुलो वटुवाहरुको कोठा भित्र पर्ने नजरले पनि झऱ्यालमा पर्दा नभै नहुने। झ्यालमा पर्दा विना खण्डहर र पर्दा लगाउँदा रङ्गिन, सुन्दर, ओजिलो, शोभायमान सानो भए पनि महल झैं देखिने । म कोठामा बेडमै सुतिरहेको थिए| रातको तेश्रो प्रहरमा झल्याँस्स विउझिएँ ।

झ्यालमा लगाएको पर्दा एक्कासी तल झरेछ । शरिर चिसो थियो । घाँटी खस खसाएको पाएँ। ओहो ! म सुतेको कति मान्छेहरुले देखे होलान् । कोठा उजाड देखिएछ। लौन ! भन्दै खसेको पर्दा उठाउन गएँ।