प्रवासी श्रमिकका लागि सरुवा रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम हुदै

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको नवौं श्रृङखला गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ ।

आगामी असोज २८ गते तदअनुसार अक्टोबर १४ मा हुने पीएनसीसीले गर्दै आएको “प्रवासीसंग डाक्टर” नामक कार्यक्रममा सरुवा रोग र यसबाट बच्ने उपाय सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको हो । कार्यक्रममा सरुवा रोग बिशेषज्ञ डाक्टर छबिन्द्र प्रसाद गैरेले परामर्श दिने छन् ।

कार्यक्रम नेपाली समयअनुसार असोज २८ शुक्रबार साँझ ७:३० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन जुम आईडी 2897414063 र पास कुड: pncc प्रयोग गर्नुपर्नेछ भने पीएनसीसी,हिमाल टाईम्स लगायतको फेसबुक पेजबाट पनि कार्यक्रमलाई प्रत्येक्ष हेर्न सकिने छ ।