सरु आचार्यको गजल

everest kitchen

भत्काएर आज दीवारका कुरा
बल्ल सुरू भयो प्यारका कुरा

कसरी गरौं,म स्वयम् कीनारले
किनारैमा बसेर कीनारका कुरा

उज्यालोले पनि त पक्कै गर्दो हो
कहीँ न कहीँ त अन्धकारका कुरा

कोही खोजीरहेकाछन् भाग्य रेखा
कोही गरिरहेकाछन् निधारका कुरा

किन लतपत छन् आजका चिठ्ठीहरु
लेखेका पनि छैनन् त हतारका कुरा

बुझ्दैन परिवारका कुरा परिवार हुनेले
परिवार नहुनेले बुझ्छ परिवारका कुरा