सीमा नाकाको पीडा ! मतदानपछि कामको खोजीमा भारत

everest kitchen

शिवु खनाल
देउखुरी । भारतसंग सीमा जोडिएको दाङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय नाकाबासीहरु मतदानपछि रोजगारीको लागि भारत जान थालेका छन् । प्रतिनिधि तथा प्रदेश सभाका सदस्य गाउँ–गाउँमा बिजयीत्सव मनाइ रहेका बेला मतदाताचाहिँ श्रमको खोजीमा भौँतारिएका छन् ।

सीमावर्ती क्षेत्रमा श्रमको सुविधा नहुँदा गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्तरगत रहेका बर्सेनी हजारौँ (नाकाबासी) युवाहरु भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने गर्दछन् । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले भने,–। ‘भारतसंग सीमा जोडिएका नाकाको ग्रामिण बस्तीबाट बर्सेनी हजारौँ युवाहरु भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जान्छन् । निर्वाचनमा मत दिएर विजयी भएका सांसदहरू सहर पसे नाकाका स्थानीयहरु मजदुरीका लागि भारत जान थालेका छन् ।’ यता राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी एकराज बुढाले आफूहरू ज्याला मजदुरी गर्न भारत जान लागेको बताए ।

उनले भने,–। ‘सीमावर्ती क्षेत्रका गाउँमा रोजगारी नहुँदा चिसो मौसममा पनि घर परिवार छोडेर दुइ पैसा कमाउनका लागि भारत जानु पर्ने बाध्यता रहेको छ ।’ भारतमा मजदुरी गर्न जानेहरू मङ्सिर देखि फागुन महिनासम्म ज्यानको प्रवाह नगरी बालुवा, ढुङ्गा, बोकेर पैसा कमाउने कार्यमा सक्रिय रहन्छन् । भारतको विभिन्न क्षेत्रमा काम पाइने भएको हुनाले भारतको मुम्बइको पुना, हरियाणा, चेन्नइ, हिमाचल प्रदेश लगायतका खाडी मुलुकमा गएर सवारी सधानबाट लोडअनलोड, स्याउको पेटी बोक्ने, होटलमा भाडा माझ्ने लगायतका कामहरु गर्नु परेको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी अतिराम रानाले बताए ।

उनले भने,–। ‘भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदानपछि भारतसंग सीमा जोडिएका विभिन्न नाकाहरुबाट करिब तीनसय भन्दा बढी युवाहरु रोजगारीका लागि भारत पुग्नु भएको छ ।’

यता मतदानपछि राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाकबाट मात्रै ५० जना युवाहरु रोजगारीको लागि भारतको पुना पुगेको स्थानीय सुरेश खड्काले बताउनुभयो । चुनावमा मत माग्दा हामी रोजगारी ज्याला मजुदरी दिन्छौँ भन्दै भारतसंग सीमा जोडिएका दाङका सीमा नाकामा रहेका गाउँबस्तीमा हिँड्ने गरेका नेताहरू चुनाव जिते पछि पाँच वर्ष गाउँमा नदेखिने राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी अइबर बुढाले गुनासो गरे । उनले भने,–। ‘ज्याला मजुरीका काम पाइँदै न, बूढो हुँदा पनि काम खोज्दै भारत जानुपरेको छ ।’ उनले ज्याला मजदुरीका लागि भारत नगए परिवार पाल्न र बालबालिकालाई शिक्षा दिनसमेत नसकिने बताउनुभयो । यता राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी अमर विकले श्रम र रोजगारीकै लागि छोरालाई साथमा लिएर भारतको हिमाचल प्रदेश स्याउका पेटी बोक्न जान लागेको बताए ।

उनले घर आँगनमै सिंहदरबार आए पनि श्रमिकलाई रोजगारी सिर्जना गर्न नसकेको गुनासो व्यक्त गरे । यता राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाका अनुसार नाकामा रोजगारी नहुँदा मतदानपछि बैदेशिक रोजगारीको लागि नाकाबाट युवाहरु काठमाडौँ हिडेको जानकारी दिए । उनका अनुसार विशेषगरी चाडवाड, चुनावको बेलाको समयमा रोगजारीको लागि बाहिर गएका युवाहरु स्वदेश फर्किने त्यपछि पुनः रोजगारीको लागि बाहिर जाने गरेको छन् । उज्यालोनेटवर्कबाट