सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगे प्रचण्ड र बाबुराम

everest kitchen

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगेका छन् ।

बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी रहेकोले केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।

सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।