वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

everest kitchen

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा दूतावासले उक्त सुचारु गर्न लागेको बताएकोछ । यो सेवा सुरु भएपछि मलेसिया र ब्रुनाईमा रहेका नेपालीहरु लाभान्वित हुनेछन् ।

सेवाको लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ ।
नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेभ पेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाइन आवेदन फाराम भर्नुपर्ने छ ।

यस्तै वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम (www.ssf.gov.np वा www.sosys.ssf.gov.np) बाट भुक्तानी गरी सोको निस्सा अनलाईन प्रणालीमा गर्नुपर्ने दूतावासले जनाएको छ ।