टेलिकमको लापरबाहीले करेन्ट लागेर गम्भीर घाइते बालकको उपचारमा समस्या

everest kitchen
घाइते कालक र दुर्घटना स्थान

काठमाडौं । घेराबार नगरिएको नेपाल टेलिकमको टावरमा रहेको विद्युत ट्रान्समिटरबाट करेन्ट लाग्दा बालक गम्भीर घाइते भएका छन् । रुकुम पश्चिमको त्रिवेणी -६ स्थित दखलदयामा रहेको नेपाल टेलिकमको टावरमा घेराबार नहुदा टावरसँगै राखिएको बिद्युत ट्रान्समिटर नजिकै खेल्दै गरेका त्रिवेणी-३ का १० वर्षीया बालक प्रकाश खड्का चैत २६ गते करेन्ट लागेर गम्भीर घाइते भएका हुन ।

करेन्ट लागेर घाईते बालकको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौंको कृतिपुर स्थित वर्ण अस्पतालमा उपचाररत छन् । त्रिवेणी -३ निवासी खडक बहादुर खडकाका छोरा घाइते प्रकाशको घरको आर्थिक अवस्था कम्जोर भएपछि उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन् ।

पीडित बालकका काका डम्बर खड्काका अनुसार “नेपाल टेलिकमको टावरसंगै टावरका लागि भनेर विद्युत ट्रान्समिटर राखिएको भएपनि उक्त स्थानमा घेराबार नहुदा असुरक्षित रहेको छ । बालबालिकाहरु समेत खेल्ने उक्त स्थानमा घेराबारबिना राखिएको विद्युत ट्रान्समिटरबाट करेन्ट लागेपछि  बालकको दुबै हातमा गम्भीर जलन र अन्य शरीरमा गम्भीर चोट लागेको छ ।”

किर्तिपुर बर्न अस्पतालमा उपचार गरिरहेका बालकको उपचारमा अहिलेसम्म करिब ३ लाख ऋण लिएको पैसा सकिएको र थप उपचारको  लागि आर्थिक समस्या परेको पीडितका काका खडकाले बताए ।

पीडितको सामान्य गरिब किसान परिवार भएका कारण बालकको उपचारमा आर्थिक समस्या भएको र थप उपचारमा सहयोग तथा क्षपिूर्तिको लागि लापरबाही गर्ने नेपाल टेलिकमलाई जिल्ला प्रशासन मार्फत क्षतिपूर्ति माग गरिएपनि अहिलेसम्म कुनै उत्तर नआएको डम्बर खड्काले बताए ।

साथै, उनले बालकको बुबा खडकबहादुरले सामान्य ज्यालादारी गरेर परिवार पाल्दै आएकोले बालकको उपचारको लागि रकम जुटाउन नसक्ने भएकोले उनको थप  उपचारको लागि  आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
सहयोग गर्न चहानेले तलको विवरणमा सम्पर्क गरेर सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ..
सम्पर्क गर्ने व्यक्ति पीडितको काका:
डम्बर खडका 9866863825/ 9809834899
लक्ष्मी बैंक खाता: 08745002879 damar khadka (काका)