घुससहित गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

everest kitchen
photo file

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखापाल र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले बुधबार महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले कोभिड(१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।