मनहरीमा दुई ट्रक ठोक्किएर आगलागी, ३ जनाको मृत्यु

everest kitchen

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ मा २ वटा ट्रकहरु एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।

गएराति १ः४५ बजेतिर हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुवै ट्रक पुर्ण रुपमा जलेको थियो ।

दुर्घटनामा ३ जना जलेर मृत्यु भएको को र २ जना घाइते रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालले जानकारी दिए ।

मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ,  त्यहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का २० वर्षीय अमृत प्रजा रहेका छन ।

घाइते हुनेमा ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा छन् । उनीहरुको उपचारका लागि भरतपुर पठाइएको छ ।

राती दुर्घटनापछि भएको आगलागी बिहान मात्र नियन्त्रणमा लिन सफल भएको थियो । हेटौडाबाट दमकल आउन ढिला हुदाँ पनि आगलागी नियन्त्रणमा समय लागेको हो ।

दुर्घटनापछि रातिदेखि नै अबरुद्ध सावारीसाधन पनि बिहानदेखि चलेका छन् ।