धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गरौं – हर्क साम्पाङ

everest kitchen
फोटो: राजेश शाक्य

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सम्पाङले धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गर्न आग्रह गरेका छन् । पछिल्लो विवाद बारे ध्यानमा राख्दै उनले सबै जाति समुदाय सयंमित हुन आग्रह गरेका हुन ।

भदौ ९ गते विभिन्न सनातन धर्मिक समुहले केहीदिन अघि धरानमा गोरु काटेेर खाएको विरुद्धमा प्रदर्शन गर्ने बताई रहदा केही आदिवासी समुदायका समुहले त्यसलाई काउन्टर दिने बताई रहेका छन् ।

प्रमुख राईले एक विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन, “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा हाल केही दिन देखी भईरहेको धार्मीक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशिल बनाइरहेको छ । बहुजातीय, बहुधार्मीक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द लाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्ति मय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।”