रुसको विमानस्थलमा ड्रोन आक्रमण

everest kitchen

एजेन्सी । रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका छन् ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीले भने यो रिपोर्ट पुष्टि गर्न नसकेको बताएको छ ।

रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको छ ।

पेस्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको बताए ।

युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन । युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणबारे विरलै प्रतिक्रिया दिने गरेको छ ।