एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

everest kitchen

काठमाडौँ   ।    चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

 

टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए ।

 साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५र२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

 

दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए ।

साथै सन्दीप जोरा र कुशल मल्ले समान २९र२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे ।

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीनरतीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।