तीन दलको संयुक्त पत्रकार सम्मेलन

everest kitchen

काठमाडौं । प्रतिगमन बिरुद्ध तीन दल (राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिकएकता पार्टी र नेपाल संघीय समाजवादी पार्टी) ले संयुक्त पत्रकार सम्मेलन मार्फत विगत सात महिनादेखि चलिरहेको प्रदेश नम्बर–१ (कोशी) नामाकरण विरुद्धको आन्दोलन्, धार्मीक दंगा, लाखौं युवा पलायन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावह रूपमा बढीरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्को निराकरणका लागि सरकार समक्ष  प्रभावकारी कदम चलाउन जोडदार माग राख्दै पाँच बुँदे संयुक्त प्रेस बिज्ञप्ति काठमाडौं अनामनगर सम्वाद डबली मार्फत सार्वजनिक गरेकाछन ।

सम्बाद डबलीमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष  केशव सूर्यवंशी, सामाजिक एकता, पार्टीका अध्यक्ष सिवी गहतराज र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले पाँच बुँदे संयुक्त प्रेस बिज्ञप्ति माथि आ-आफ्ना धारणा राखेका थिए ।

तिनै शिर्स नेताहरुले प्राप्त उपलब्धीहरुको रक्षागर्दै  प्रतिगमन, धार्मिक अतिवाद, साम्प्रदायिकता र भ्रष्टाचारका बिरुद्ध गोलबन्द हुन हामी सबै नेपाली जनतालाई आव्हानगरे । साथै सरोकारवाला राजनीतिक शक्तिहरुलाई उपरोक्त मुद्धाहरुमा  सहकार्यका लागि जुट्न समेत आग्रह गरेका थिए ।

पाँच बुँदे संयुक्त प्रेस बिज्ञप्ति

वर्तमान सन्दर्भमा हामी निम्न राजनीतिकदलहरुको तर्फबाट निम्न बिषयमा आफ्नो साझा धारणा व्यक्त गर्न चाहन्छौः

१–अहिले देशमालामो सङघर्ष अनि बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशीताअनि धर्मनिरपेक्षता जस्ता उपलब्धीमाथि सुनियोजिततवरले प्रहार भइरहेको हाम्रो ठहर रहेको छ । यस्तो प्रतिगामीकदमतथागतिबिधिको हामी घोर भर्त्सना र बिरोध गर्दछौ ।

२–देशको विभिन्न स्थानहरुमाधार्मिक अतिवादीगतिविधिचर्काउने र धार्मिक तथा साम्प्रदायिकदङ्गा भड्काउने खालकागतिविधिप्रतिहाम्रो गम्भीर ध्यानाकर्षण भएकोछ । यसतर्फ बेलैमा  राज्यको गम्भीर ध्यानाकर्षण होस र बेलैमाउचितकदमचालियोस भन्न चाहान्छौ । नवलपरासी, सुर्खेत, धनुषा, सर्लाही, महोत्तरीमाभएकाधार्मिक अतिबादी घटना तथाज्यादतीबारे आम नेपाली सबै सतर्क र सचेत हुनआग्रहगर्दछौ । यस्ता अतिवादीधार्मिक÷साम्प्रदायिक घटनाको तत्कालनिष्पक्ष छानबिन गरि दोषी उपर कडा कार्वाहीएवम्  पीडितहरुलाई उचित राहतप्रदानगरियोस् ।

३–विगत सातमहिना देखि चलिरहेको प्रदेश नम्बर–१ (कोशी) नामाकरण बिरुद्धको आन्दोलनतर्फ सत्तासंचालकहरुको गम्भीर ध्यानाकर्षण होस । यसको उचित राजनीतिक समाधानको लागीउच्चस्तरिय राजनीतिकपहलगरियोस् ।

४–देशको युवाशक्ति र प्रतिभाहरुको बिदेश पलायनको भयावहअवस्था रोक्नेतर्फ राज्यको कुनै पहलनभएको माहाम्रो गम्भीर चिन्ता र चासो छ । युवाशक्ति र प्रतिभापलायन रोक्नबिशेष राष्ट्रिय नीतिनिर्माणका लागि सरकारद्वारा  अविलम्बपहलगरियोस ।

५–देशमा भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावहरूपमा बढीरहेका छन । यस्को निराकरणका लागिप्रभावकारी कदम चालियोस ।

पुनष्चः उपरोक्त बिषयमा हामी सबैको ध्यानाकर्षण होस तथा प्राप्त उपलब्धीहरुको रक्षागर्दै  प्रतिगमन, धार्मिक अतिवाद, साम्प्रदायिकता र भ्रष्टाचारका बिरुद्ध गोलबन्द हुन हामी सबै नेपाली जनतालाई आव्हानगर्दछौ । साथै सरोकारवाला राजनीतिक शक्तिहरुलाई उपरोक्त मुद्धाहरुमा  सहकार्यका लागि जुट्न समेत आग्रहगर्दछौं । धन्यवाद ।