कोरला नाका निरीक्षण गर्न पुगे प्रधानमन्त्री प्रचण्ड

everest kitchen

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाकाऽ  मुक्तिनाथ र कागबेनीकाे निरीक्षण गरेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।

उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्। कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।

गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । मुस्ताङ रेन स्याडो जोन हो । तर आजभोलि वर्षा धेरै हुन थालेको छ ।