काङ्ग्रेस नेता शर्मा र पंगेनीको पहलमा १६ बर्षपछि मलेसियाबाट स्वदेश फर्किए गोपाल

everest kitchen

मलेसिया । मलेसियामा बेपत्ता भएका एक नेपाली स्वदेश फर्किएका छन । रोजगारीको सिलसिलामा मलेसिया आएका मेचीनगर ६ झापाका गोपाल घिमिरे १६, बर्ष पछि आज शुक्रबार मलेसियाबाट घर फर्केका हुन ।

घिमिरे लामो समय देखि परिवार संग सम्पर्क बिहिन भए पछि घिमिरेको आमाले छोरालाई घर फर्काउन खोजिगर्नका लागि विभिन्न निकाय र व्यक्तिलाई गुहार गरेकी थिईन ।

घिमिरे नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी संग फोनमार्फत गोपाल घिमिरेलाई खोजिगर्नका लागि अनुरोध गरे पछि पंगेणीको पहलमा उनी मलेसियामा फेला परेर स्वदेश फर्किएका हुन

पंगेनीको अगुवाइमा जनसम्पर्क समितिको समन्वय पश्चात् नेपाली राजदुतावास मलेसियाले गोपाल घिमिरेको खोजि गर्न र उनलाई देख्नु हुने र भेट्नुहुने नेपाली दाजुभाइहरुलाइ नेपाल एम्बेस्सीमा सम्पर्क गरिदिनु हुनु नेपाली राजदुतावासले हार्दिक आवान गरे लगात्यै गोपाल सम्पर्कमा आएका थिए ।

घिमिरेलाई स्वदेश फर्काउन जनसम्पर्क सभापति पंगेनीले आफ्नो व्यक्तिगत १४८० रिंगेट र नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले ८९२ रिंगेट सहयोग गरेका थिए भने अरु बाकी केही पैसा पीडित आफै संग रहेको थियो ।