अर्को निर्वाचन गर्नुको विकल्प छैन: बरु म अध्यक्षको प्रत्यासी नबनौला- आरके शर्मा

everest kitchen

काठमाडौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले अर्को निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत कार्तिकमा सोल्टि होटलमा सम्पन्न एनआरएनको निर्वाचनमा धाधली भएको पुष्टिका प्रशस्त प्रमाण रहेकोले पुनःनिर्वाचन गर्नुपर्ने बताएका हुन ।

अध्यक्ष शर्माले भने, “मेरो व्यक्तिगत नभई संस्थागत लडाई हो । संस्था बचाउन मैले यति गरेको हो । निर्वाचनमा त्रुटी भएको आफै स्वीकार गरेर निर्वाचन प्रक्रिया स्थगित गरेर छानबिनमा जाने सहमति गर्ने र फेरि अर्को दिन विना प्रक्रिया सपथ लिनुले गलत हो । रि -ईलेक्सन गरौं तर तिमि चुनाव नलड भनेपनि म अध्यक्षको प्रत्यासी बन्दिन मलाई बन्नुछैन। संस्था बचाउन तिर लाग्छु ।”

त्यस्तै, अध्यक्ष शर्माले सरकारलाई विवाद समाधान गरिदिन अनुरोध गरेको पनि बताए ।

उपाध्यक्ष गंगाधर गौतमले प्रतिनिधि छनौट गर्ने सम्बन्धित एनसीसीको अन्तिम अधिकार रहदा रहदै डाक्टर बद्री केसीले अबैध तवरले १४० भन्दा बढीलाई प्रतिनिधि बनाउनु पनि धाधली भएको बताए ।

उपाध्यक्ष गौतमले भने,”जापानबाट उपाध्यक्षमा उम्मेदवारी दिएका रोबिन्द श्रेष्ठले आफैंले मतदान गर्न नपाउनु पनि धाधली हो, अघिल्लो दिन उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई विजयी बनाई बधाई तथा परिचय गराउने फेरि पराजित भएको घोषणा गर्नु नै महा त्रुटी, लज्जाको बिषय हो । उम्मेदवारको मत गायब हुनुपनि धाधली हो, धाधली प्रतिनिधि छनोटमा थियो आधा धाधली निर्वाचन प्रक्रियामा गरियो त्यसैले हामीले तीन अध्यक्षमध्ये बहुमत अध्यक्ष कुल आचार्य, रबिना थापाको अध्यक्षतामा र अन्य अधिकार प्राप्त पदाधिकारीको उपस्थिति महाधिवेशन, बन्दसत्र गरेर आरके शर्माको नेतृत्वमा कमिटी बनाएका हौं । त्यसकारण हामी बैधानिक हौँ ।”

विवाद समाधान गर्न यसअघिको तीन अध्यक्षको कार्यकाल जस्तै गरेर तपाईंहरु र बद्री केसीको समुह सम्मान पद र अधिकार लिएर मर्जर गर्ने अवस्था आयो भने तपाईंहरु स्वीकार्नु हुन्छ ? भन्ने पत्रकार विपेन उलङगेको” प्रश्न जवाफ दिदै उपाध्यक्ष गौतम भने, उहाँले अधिकारको दुरुपयोग गरेको, खुलेआम धाधली गरेर लाखौं नेपालीको भावनामा खेलेकोले केसीमाथि कारबाही गरेर जानुपर्छ। पदको लागि केसीलाई स्वीकार गरेर नजाने गौतमले बताए ।

महासचिव बुद्धिसागर सुवेदीले प्रेस विज्ञप्ति पढ्दै आधिकारिक जानकारी नभएपनि विभिन्न सञ्चारमाध्यममा आएको सार्वजनिक प्रतिवेदन प्रमाणहरुले धाधलीको पुष्टि गरिरहेको बताए । कार्यकारी अध्यक्षले अधिकारको दुरुपयोग गर्दै भेरो भोटिङ सिस्टममा आफू अनुकूल तलमाथि बताएको उनले बताए ।

एनआरएनए बेल्जियमको अध्यक्ष सिता सापकोटाले  प्रतिनिधि पासमा आफ्नो नाममा अर्कै फोटो राखेर दुई घन्टा दुख दिएको बताईन । साथै, जुम मार्फत  सहयोगी उनले स्वतन्त्र रुपमा जाजरकोटमा सहयोग गर्न खोज्दा बद्री केसीले अर्को कमिटी बनाईदिने धम्की दिईरहेको बताईन ।

युरोप संयोजक चिन्तामनी सापकोटा दुईवटा रिजनल मिटिङमा नेपालबाट मान्छेहरु लिएर युरोप छोडेको, पोल्यान्डमा पोल्यान्डको नागरिक गैरआवासीय नेपालीको सदस्य भएको तर वास्तविक योगदान गरेका प्रतिनिधि हुनेहरु प्रतिनिधि बन्न नपाएको नपाउनेहरुले प्रतिनिधि हुन पाएकोले सुरुमै आाधा धाधली प्रतिनिधि छनोटमा भएको जिकिर गरे ।

भर्खरै कार्तिकको पहिलो साता सम्पन्न एनआरएनए निर्वाचनमा धाधली भएपछि आरके शर्माले छुट्टै समानान्तर कमिटी गठन गरेर कार्यसम्पादन गरिरहेकन छन् । मतदान नतिजा सार्वजनिक गर्दा उपाध्यक्षका उम्मेदवार डाक्टर केशव पौडेलको स्वयंमको पनि मत गायब भएर पराजित घोषणा गरेपछि विवाद सुरु भएको थियो भने फेरि भोलिनै अर्को नतिजा सार्वजनिक गरेर उपाध्यक्षका विजयी उम्मेदवार खगेन्द्र न्यौपानेलाई पराजित गर्दै डाक्टर केश पौडेललाई विजयी घोषणा गरिएको थियो ।

विवाद सिर्जना भएपछि निवर्तमान अध्यक्षहरु डाक्टर बद्री केसी, कुल आचार्य र रविना थापाले विवाद संयुक्त हस्ताक्षर गर्दै दुई हप्ता भित्र छानबिन गर्ने गरि सबै निर्वाचन प्रक्रिया स्थगित गरेपनि अध्यक्षका उम्मेदवारसमेत रहेका डाक्टर बद्री केसीले अर्को दिन एकलौटी सपथ लिएपछि विवादले उग्ररुप लिएको हो ।