त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

everest kitchen

काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेका छन् । बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको बताएको छ । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

सुराकीको आधारमा बरामद उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।