काठमाडौंमा यस वर्षको सबैभन्दा आज जाडो

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ ।

यो बर्षको यसअघि काठमाडौंमा न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ ।

पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ ।