विराट गोल्डकप : अन्तिम क्वाटरफाइनलमा कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

everest kitchen

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम  क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पु¥याउन दुवै गोल स्टेफनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ)  सेमिफाइनलमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।

मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो । दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५ औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो ।

४१ औं मिनेटमा सत्रिय बक्सीले दाया बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलपिकर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए । ४४ औं मिनेटमा मच्छिन्द्रका आयूष गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिदा अग्रता तेब्बर बनाउने मौका गुमाए ।

४७ औ मिनेटमा स्टेफनले डिबक्स भित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए । गोलकिपर सुरज मल्कि अगाडी बढदा सुमनले गोल हुनबाट जोगाए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा कोलकताले केहि राम्रो अवसर खेर फालेका थिए । ६५ औं मिनेटमा स्टिफीनले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै ७० औं मिनेट मनिष डाँगीले पासमा स्टिफिनकोे प्रहार कोलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे ।

कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए ।

यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढने बताए । सेमिफाइनलमा बिमल घर्तीमगरलाई मैदानमा उतात्रने योजना रहेको उनले सुनाए । ‘विमल मैदानमा रहदा अग्रपंन्ती थप मजदुत हुनेछ,’ उनले भने ।