हतियारसहित इजरायली नागरिक पक्राउ भएपछि मलेसियामा उच्च सतर्कता

everest kitchen

क्वालालम्पुर । क्वालालम्पुरको एक होटेलमा हतियार र गोलाबारुदसहित एक इजरायली नागरिकलाई शनिबार पक्राउ गरेपछि मलेसियाली अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।

३६ वर्षीय संदिग्धलाई यसै हप्ता पक्राउ गरिएको थियो । उनीबाट ६ वटा पेस्तोल र २०० राउण्ड गोली फेला परेको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति मार्च १२ मा संयुक्त अरब इमिरेट्स (युएई)बाट मलेसिया प्रवेश गरेका थिए र त्यसपछि विभिन्न होटलमा बस्दै आएका थिए ।

थप सोधपुछपछि इजरायली राहदानी तयार गर्नुअघि ती व्यक्तिले नक्कली फ्रान्सेली राहदानी प्रयोग गरेको बताइएको छ।

उनले व्यक्तिगत विवादमा अर्को इजरायली नागरिकको हत्या गर्न मलेसिया आएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघि शनिबार हतियार आपूर्ति गरेको र इजरायली संदिग्धलाई ड्राइभरको रूपमा सहयोग गरेको आरोपमा प्रहरीले तीन जना मलेसियन नागरिकलाई पक्राउ गरेको थियो । पक्राउका क्रममा उनीहरुबाट ह्याण्डगन पनि बरामद भएको छ ।