अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।

हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।