आइपिएल : पञ्जाव किंग्सले गुजरातलाई ३ विकेटले हरायो

everest kitchen

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।