मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद

everest kitchen

क्वालालम्पुर । मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताएका छन् ।

यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी (जिपिटी) को अनुपालनमा परिणाम सुनिश्चित गर्न सरकार र सरोकारवाला सङ्घसंस्थाहरू लागिपरेको मन्त्री अहमदले बताए ।

उनले भने, “जीपीटी लागू भएपछि न्यायपूर्ण सङ्क्रमणको माध्यमबाट अनावश्यक प्लास्टिक खपतमा कमी ल्याउने छ ।”

यसका लागि मलेसियाले समुद्री वातावरणलगायत प्लास्टिक प्रदूषणमा अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी उपकरण विकास गर्न अन्तर–सरकारी वार्ता समितिमा जीपीटीबारे चार चरणको अन्तर्राष्ट्रिय वार्तामा भाग लिइसकेको मन्त्री अहमदले बताए ।

सन् २०२२ को फेब्रुअरीमा केन्याको नैरोबीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय वातावरण सभाको पाँचौँ अधिवेशनमा ऐतिहासिक प्रस्ताव पारित भएपछि विश्वव्यापी प्लास्टिक सन्धिका लागि पहल सुरु भएको हो ।