नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो, आज कति पुग्यो ?

everest kitchen

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।