छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

everest kitchen

पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई।

यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथी अति गम्भीर आरोप लगाएकी छिन् । छात्राहरुको भनाई थियो कि गणित बिषय पढाउने शिक्षक विकासकुमारले उनीहरूसँग अश्लील हरकत गर्ने गर्दथे। छात्राहरुले शिक्षक विकासकुमार कक्षाकोठा बन्द गरेर छात्राहरुको संवेदनशील अंगहरु छुने गरेका थिए। विरोध गर्दा आरोपी शिक्षकले स्कूलबाट नाम काटने धम्की दिँदै आएका थिए।

स्कूलकी छात्राहरुले कलयुगी टीचरको हरकत बदमादिको बारेमा आआफ्नो अभिभावक लाई बताए पछि अभिभावक स्कूल भित्र पसेर उसलाई पिटाई गरेको थियो। यस घटना बारे जानकारी अभिभावकले पाएपछि विद्यालयमा ठूलो बावाली भएको थियो।

घटना साम्य पार्न विद्यालयमा प्रहरी टोली पुगेको थियो। तर बिद्यालय पुगेका प्रहरी टोलीले पनि अभिभावकको गाली खानुपरेको थियो। गाउँलेको आक्रोस हेरेर बिद्यालय गएका प्रहरी टोली त्यहाँ बाट ज्यान बचाएर भागेका थिए।
आक्रोसित गाउँलेहरूले आरोपी शिक्षकलाई कैयौं घन्टासम्म विद्यालयको कोठाभित्रै थुनेर राखेका थिए।

घटना पछि ठूलो संख्यामा गएका प्रहरी टोलीले आरोपी शिक्षकको सकुसल उद्धार गरेको थियो। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेर हिरासतमा लिएको छ। सो घटनामा प्रहरीको एउटा म्याग्जिन समेत हराएको छ।

हाजिपुरका वरिष्ठ सुरक्षा अधिकारी सदर एसडीपीओ ओम प्रकाशले स्कूलको छात्राहसँग अश्लील हरकत गर्ने शिक्षकलाई हिरासतमा लिएर मुद्दाको छानबिन भइरहेको बताएका छन। उनका अनुसार स्थानीयहरुले गरेको हंगामा शान्त गर्न गएका एकजना पुलिसकर्मीको पिस्तौलको मैगजीन हराएको तथा त्यसको खोज तलास प्रहरीले गरिरहेको उनले जानकारी दिएका छन।