गोकुल बास्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

everest kitchen

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले सबैतिर गठबन्धन गरेपानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 

सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु पर्ने रहेछ ।