इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

everest kitchen

जकार्ता । इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो।

अजहर जाकी अस्जारी, रेल्वेका जनसम्पर्क प्रबन्धकका अनुसार उक्त दुर्घटना अकल्पनीय थियो । ‘एकजनाको घटनास्थलमा मृत्यु भएको छ, चार जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ, र अन्य १५ जना घाइते भएका छन्,’ अस्जारीले मिडियासँग भने, ‘घटनाको समयमा रेल चालकले बारम्बार हर्न बजाए तर बस चालकले ध्यान दिएन, त्यसैले ठक्कर बाट बच्न सकेन ।’

उनका अनुसार सो टक्कर अघि रेल चालकले ट्रेन रोक्न प्रयास गरेको थियो। तर, नजिकैको दुरीका कारण ट्रेनले बसलाई नराम्ररी ठक्कर दियो र बसलाई करिब ५० मिटरसम्म उछिटाइदियो ।

उद्धार कार्यमा संलग्न उद्धारकर्ताका संयोजक मुहम्मद त्रियोनोका अनुसार सबै पीडितहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।