बुद्धजयन्तीमा नेपालदेखि श्रीलंकासम्म आर्मीको ‘हार्टफुलनेस राइड’

everest kitchen

काठमाडौँ । तीन देश श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्धजयन्तीको दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ ।

बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ भने भारत हुँदै अधिकांश धार्मिकस्थल गोर्कपुर, कुसिनारा, सारनाथ, वैशाली, नालंदा, बुद्धगया, राजगिरि, कलकत्ता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम, मछलीपट्टनम र चेन्नई सम्म पुग्नेछ। श्रीलंकाबाट जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनिया तर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम रहेको छ ।

यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् भने १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् । नेपालको तर्फबाट यस कार्यक्रमको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटीज नेपालका सिईओ नवराज लम्सालले गर्नेछन् । उनको नेतृत्व र पहलमा लुम्बिनी देखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मे देखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।

श्रीलंका आर्मी, भारतीय आर्मी र नेपाल को ससस्त्र प्रहरी अफिसर को 5/5 जना गरी 15 जना राईडरहरुले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किट मा शान्ति काे कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन्।

नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी बिकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीकाे दिन बिहानै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डा अओडाएर भव्य स्वागत गरेर बिदाई गर्ने कार्यक्रम रहेको छ ।

यो कार्यक्रमको नेपालका प्रमुख को- कन्भिनर नबराज लम्सालले सबै पछ्यलाई समेटेर अघि बढ्न सकेकोले मात्रै ईतिहासमा यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको हाे । बौद्ध पर्यटनको विकास गरेर लुम्बिनी संगै समग्र नेपालको बिकासमा यो कार्यक्रम काेशेढुङ्गो हुन् सक्ने लम्सालको बुझाइ रहेकाे छ ।

संयोजक लम्सालले सम्पूर्ण तयारी पुरा भएको र निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराऊने बताएका छन् । कार्यक्रम १५ जुन अर्थात असार १ गते श्रीलंकाको राष्ट्रपति ले सम्मान सहित बिषेश कार्यक्रम गरेर राईडरहरुलाई बिदाई समारोह गरी समापन गरिने छ । शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ ।